अङ्क ४८फागुन २०७०वर्ष १०

गान्धीगिरी

- उर्मिल कुमार थपलियाल

 

मन्टो मियाँले भने - "बरखुरदार,(भलाद्मी), हाम्रो टाइममा गान्धीगिरी पनि हुन्थ्यो।" त्यसबेलाको एउटा किस्सा उनले सुनाए "एकपल्ट तीनजना आतन्ककारी एउटा घरको ढोका फोरेर भित्र पसे। भित्र एकजना अधेड, उनकी श्रीमति र बूढो बाबु थिए। आतन्ककारीहरूले तीनै जनालाई बन्दुक ताके। तीनैजना अलिकति पनि डराएनन्। तिनले गान्धीगिरी देखाउँदै आतन्ककारीहरूलाई गुलाफको फूल उपहार दिए।"

मैले व्यग्र भएर सोधेँ - "अनि के भयो ?"

मन्टोले भने - आतन्ककारीहरूले तीनैजनालाई गोली हाने र लासहरूमा गुलाफको फूल राखेर हिँडे।

- -

हिन्दीबाट अनुवादः कुमुद अधिकारी

Share |

प्रतिक्रियाहरू


प्रतिक्रिया पठाउनुहोस

नाम :
प्रतिक्रिया :