अङ्क 46 | साउन 2069 | वर्ष 9 |
आँखा
- खलील जिब्रान
एक दिन आँखाले भन्यो - "हेर, यो उपत्यका पारी तुवाँलोले ढाकेका पहाड कति सुन्दर छन् ?
कानले ध्यान लगाएर सुन्यो र भन्यो - 'कता छन् पहाड? मैले त केही सुनिनँ।
हातले भन्यो - "यसलाई छोएर अनुभव गर्ने प्रयास व्यर्थै जान लाग्यो। मलाई त कुनै पहाड छ जस्तो लाग्दैन।"
नाकले भन्यो - "कुनै पहाड छैन। मलाई कुनै गन्ध नै महसुस भएको छैन।"
त्यैबेला आँखा दृष्टि फेरेर अर्कातिर हेर्न थाल्यो। सबैले आँखाको यो अनौठो भ्रमका बारेमा चर्चा गर्न थाले। तिनले भने - "पक्कै पनि आँखामा केही गडबडी छ।"
***
हिन्दीबाट अनुवादः कुमुद अधिकारी
प्रतिक्रियाहरू |